१८ असार २०८३, बिहीबार

भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

मंसिर १४, २०८२
काठमाडौं
भारतको तमिलनाडुमा दुई बस ठोक्किँदा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

भारतको दक्षिणी राज्य तमिलनाडुमा आइतबार दुई सरकारी बस एक–आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उक्त दुर्घटना तमिलनाडुको सिवगङ्गा जिल्ला अन्तर्गत पर्ने थिरुपट्टुर–करैकुडी मुख्य मार्गमा भएको हो । दुर्घटना स्थल राज्य राजधानी चेन्नईबाट करिब ४२३ किलोमिटर किदिसम्म दक्षिण–पश्चिमतर्फ पर्छ ।

प्रहरीका अनुसार एक बस तिरुप्पुरबाट करैकुडीतर्फ जाँदै थियो भने अर्को बस करैकुडिबाट डिण्डिगुलतर्फ गइरहेको थियो । ती दुवै बस एकै लेनमा आमनेसामने ठोक्किँदा ठूलो क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले तत्कालै उद्धार तथा राहत कार्य थालेका थिए । घाइतेहरूलाई स्वास्थ्य संस्थाहरूमा लगिएको छ ।

प्रहरीका अनुसार, केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्