
जर्मनीमा अति-दक्षिणपन्थी एएफडी पार्टीको नयाँ युवा शाखा, 'जेनेरेसन जर्मनी'विरुद्ध ठूलो विरोध प्रदर्शन भएको छ । फ्रान्कफर्ट नजिकैको गिसेन शहरमा विरोध प्रदर्शन भएको हो, जहाँ लगभग २५ हजार मानिसहरू सडकमा उत्रिएको समाचारमा उल्लेख छ ।
एफडीको युवा शाखाको शुरूआतको अवसरमा गिसेनमा एक कार्यक्रम आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले एफडी कार्यक्रम स्थल बाहिर नारा लगाएका थिए र सिट्टी र ड्रम बजाएका थिए । स्थिति नियन्त्रण गर्न प्रहरीले ५ हजार कर्मचारी तैनाथ गरेको थियो ।
समाचारअनुसार विरोध प्रदर्शनको क्रममा ढुङ्गा प्रहार पनि भएको थियो, जसमा धेरै प्रहरी अधिकारीहरू घाइते भएका छन् । भीडलाई तितरबितर पार्न प्रहरीले पानीको तोप र मरिच स्प्रे पनि प्रयोग गर्नुपरेको थियो ।
प्रदर्शनकारीहरूले हिटलर जस्तो विचारधारालाई कुनै पनि रूपमा देशमा पाइला राख्न नदिने बताए ।