२८ जेठ २०८३, बिहीबार

सेयर बजारमा झिनो अंकको गिरावट, साढे ४ अर्ब बढीको कारोबार

मंसिर १५, २०८२
काठमाडौं
सेयर बजारमा झिनो अंकको गिरावट, साढे ४ अर्ब बढीको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयरको खरिद-बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को विन्दुमा बन्द भएको थियो ।

आज बजार घटे पनि सागर डिस्टिलरी र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सर्किट लेबलमा कारोबार भएको छ । यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर २७ करोड १० लाख ३ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्