२५ जेठ २०८३, सोमबार

उच्च जोखिममा पुगेको ताराखोलाको पर्यावरण कसरी जोगाउने ?

मंसिर १५, २०८२
काठमाडौं
उच्च जोखिममा पुगेको ताराखोलाको पर्यावरण कसरी जोगाउने ?

बाग्लुङ ताराखोलाको प्राकृतिक स्रोत–साधनको संरक्षण, नदीको न्यूनतम् प्रवाहको अधिकार, र जल सुरक्षाको निम्ति युवाहरूले सचेतनामूलक खबरदारी गर्दै आइरहेका छन् । पर्यावरणविद् डा. गिरीश कँडेलको नेतृत्वमा हालै खानी उत्खनन् र जलविद्युत् आयोजनाका कारण कस्तो पर्यावरणीय संकट पर्दछ भनेर एक सामूहिक अवधारणा सार्वजनिक गरिएको छ ।

आजको अवस्थामा ताराखोलालाई हेर्दा, सुक्ने र भासिने दुवै खतरा एकदम स्पष्ट रूपमा देखिएको छ । ताराखोलामा धेरै हाइड्रो र अन्य कारणले यो बहाव १० प्रतिशतभन्दा तल झरेको अवस्था रहेको छ । नदीको बहाव १० प्रतिशतभन्दा तल झर्नु भनेको नदीले आफ्नो प्राकृतिक स्वास्थ्य, आत्म–शुद्धीकरण क्षमता र पारिस्थितिकीय सन्तुलन कायम राख्ने आधारभूत शक्ति गुमाउनु हो । जथाभावी उत्खनन्‌ले गर्दा पहिले सफा पानी बग्ने ठाउँमा अहिले रातो र कालो लेदो बग्न थालेको छ, जुन अत्यन्तै गम्भीर संकेत हो ।

लाओस, क्याम्बोडिया अनि एसियाका ६ वटा देश हुँदै बग्ने मेकोङ नदीमा बहाव नियन्त्रण र अत्यधिक सेडिमेन्ट रोकावटका कारण  ‘ब्ल्याक-वाटर सिन्ड्रोम’देखापरेको थियो । जसले माछा, वनस्पति, जीवजन्तु र मानव स्वास्थ्यसम्म प्रभावित गरेको ज्वलन्त उदाहरण छ । यसैगरी, भारतको यमुना उपनदीमा, अनियन्त्रित उत्खननका कारण नदी रातो र धमिलो बग्न थालेको ५–७ वर्षमै किनार भासिन पुग्यो तथा नदीको बहाव मार्ग (course) नै परिवर्तन भयो ।

त्यसैले, यदि खोलामा अपर्याप्त बहाव , जङ्गल उत्खनन् र किनार कटान अहिलेको दरमै चलिरह्यो भने हामीले धेरै कुरा गुमाउँदैछौ, त्योमध्ये मानवीय क्षति पनि एउटा हुनसक्छ । वैज्ञानिक भाषामा यसलाई फङ्सनल कोल्याप्स (functional collapse) भनिन्छ, अर्थात्: सुक्खायाममा खोला लगभग हराउने, वर्षामा अत्यधिक अनि रोक्न नसकिने बाढीपहिरो आउने, जैविक विविधता, खोलामा माछा, लगायत जीवजन्तु लगभग गायब हुनेछन् । यसरी नै इथियोपियाको Awash River अनियन्त्रित उत्खननले ६ वर्षमै भासिएको थियो ।

पहिले सफा पानी बग्ने खोलामा जब रातो वा कालो लेदो बग्न थाल्छ, यो नै ठूलो संकेत हो । यस्तो परिवर्तन सेडिमेन्ट ओभरलोड, माथिल्लो भागको कटान (slope failure) र उकालो क्षेत्रमा भएको अव्यवस्था (upstream disturbance) को सिधा परिणाम हो । भारी माटो, लेदो र धुलो बग्नु भनेको खोलाभित्रै तेज कटान र अस्थिरता शुरू भएको स्पष्ट संकेत हो।

दोस्रो संकेत: जंगल फडानी बढ्नु । जंगल काटिँदा पानी थाम्ने, माटो समात्ने र ढुंगा–माटो एकै ठाउँमा राखेर भू–भागलाई स्थिर राख्ने प्राकृतिक शक्ति कमजोर हुन्छ । यस्तै संकेत केन्याको Turkwel Basin र नेपालका धेरै पहाडी खोलाहरूमा कोल्याप्स हुनुअघि देखिएको थियो । त्यही भू–गर्भीय अस्थिरताको शुरू–शुरू चरण अहिले ताराखोलामा पनि स्पष्ट देखिन्छ ।

तेस्रो संकेत: जैविक जीवन हराउन थाल्नु, माछा, चराचुरी, साना कीरा–फट्यांग्रा र पुतली आदि कम हुँदै जानु । साथै, मुहान, झरना, नदीनाला सुक्न थाल्नु । यो खोला र वरिपरीको सम्पूर्ण जीवनचक्र चलाउने ‘recharge system’ भासिन लागेको प्रत्यक्ष संकेत हो । जस्तै; मोबाइललाई निरन्तर चार्ज चाहिन्छ अनि मात्र चल्छ, त्यस्तै जंगल, पानी र जैविक विविधताले वातावरणलाई चार्ज गरिरहनुपर्छ, तब हाम्रो पर्यावरण हरियाली र बलियो अनि उत्पादनमूलक भइरहन्छ ।

त्यो चार्ज नटिक्दा खोला कमजोर हुन थाल्छ । यो अवस्था फिलिपिन्सको एङ्गो नदी (Agno River) र इण्डोनेशियाको ब्रान्ट्स नदी (Brantas River) दुवैमा कोल्याप्सअघि देखिएको थियो । यी सबै लक्षणहरू ताराखोलामा अहिले देखिन थालेका छन् । यसैले ताराखोला अहिले अर्लि टु मिड वार्निङ स्टेज (early-to-mid warning stage)मा छ, र यी संकेतहरूलाई अहिले नै गम्भीर रूपमा नलिए भोलि नियन्त्रण गर्न गाह्रो पर्न सक्छ ।

अहिलेको ताराखोलाको अवस्थालाई हेर्दा, उत्खनन् नियन्त्रणका लागि तुरुन्त लागू गर्नुपर्ने केही वैज्ञानिक कदम अत्यावश्यक देखिन्छ । 

पहिलो: नदीको न्यूनतम बहाव तत्काल सुनिश्चित गर्नुपर्छ । बहाव १० प्रतिशतभन्दा तल झरेको अवस्था खोला ‘collapse trajectory’ मा पुग्दैछ भन्ने संकेत हो । न्यूनतम् बहाव बिना कुनै पनि restoration ले काम गर्दैन । उत्खनन् क्षेत्रलाई बफर जोन (buffer zone) तुरुन्त घोषणा गर्नुपर्छ । अनि ठूला मेसिन, डोजरहरूको प्रवेश निषेध गरिनुपर्छ । यो अभ्यास भारतको कावेरी बेसिन, नेपालको मादीर थाइल्याण्डको चाओ फेरिया (Chao Phraya)मा समेत प्रभावकारी देखिएको थियो ।

तेस्रो: नदीको बेड–लेभल (riverbed level)को नियमित मापन शुरू गर्नुपर्छ । यसले उत्खननको वास्तविक प्रभाव तुरुन्तै देखाइदिन्छ । इन्डोनेसियाको Citarum River मा यही मनिटरिङले अवैध उत्खनन् रोक्न ठूलो भूमिका खेलेको थियो । साथै, सेन्सर वा मासिक नमूना संकलनबाट खोला पुनर्जीवनको प्रगति मापन गर्न सकिन्छ । यस्तै, अनेक विधिहरू छन् जसलाई प्रयोगमा लिएर उत्खनन् साथै पर्यावरण जोगाउन सकिन्छ ।

डोजर चल्नेबित्तिकै यो प्रणालीको हरेक हिस्सा एक–एक गरेर कमजोर हुन थाल्छ । अन्तर्राष्ट्रिय उदाहरणहरूले पनि यही कुरा पुष्टि गर्छन् । भुटानको वाङ्चु नदीमा हाइड्रोपावर र एक्स्काभेसन दुवै एकैसाथ बढ्दा सेडिमेन्ट स्पाइक आयो र नदी ६ वर्षमा अनस्टेबल स्ट्रेच बन्यो । चीनको लान्साङ नदीमा ड्याम फ्लो रिडक्सन र डाउनस्ट्रिम एक्स्काभेसनले साना नदीहरू सुकाउने समस्या तीव्र भएको थियो ।

डा. गिरीश कँडेल

ताराखोला केवल पानी बग्ने धार मात्र होइन, छेउछाउका गाउँहरूको जमिन, घर–परिवार, खेतीपाती, पिउने पानी र बाँच्ने आधार नै हो । 

खोला भासियो भने गाउँका निम्न सुरक्षा जोखिम तुरुन्तै देखा पर्छन्: 

पहिलो, घर–जग्गा सिधै भासिन सक्छ । खोलाले आफ्नो आधार (riverbed) गुमायो भने पानीले नयाँ दिशा खोज्छ । खोला भासियो भने पानीले आफ्नो पुरानो बाटो छोडेर गाउँतर्फ मोडिन पनि सक्छ । यो एकदमै खतरनाक अवस्था हो, वर्षामा मड्डी फ्ल्यास फ्लडले घर–बारी डुबान, खेती नष्ट, जनधनको हानि जस्ता जोखिम आउन सक्छन् ।त्यही बेला नदी छेउका जग चिरिन थाल्छ र मानव बस्ती पनि सिधै जोखिममा पर्छन् ।

यसमा सबैभन्दा पहिला उत्खनन पूर्ण रोक अनिवार्य छ । किनकि अहिलेको अव्यवस्थित डोजर सञ्चालनले गर्दा हाम्रो मानव शरीरको पेट जस्तै नदीको पेट पनि च्यातिएको अवस्था हो । जसले पानीको बाटो टुटाएको छ, किनारलाई कमजोर बनाएको छ, र खोलामा पानी हैन लेदोको मात्रा असामान्य बनाएको छ । त्यसपछि न्यूनतम् बहाव (E-flow) तुरुन्त कायम गराउनु अर्को अत्यन्तै महत्त्वपूर्ण कदम हो । बहाव १० प्रतिशतभन्दा तल झर्नु भनेको नदीको ‘जीवनधारा’ नै काटिएको हो । जबसम्म हाइड्रोपावरबाट आवश्यक पानी छोडिँदैन, बाँकी सबै प्रयास अर्थहीन हुन्छन् ।

साथै, रिभर हेल्थ अडिट टिम गठन गर्नुपर्दछ जसमा कम्तीमा एक हाइड्रोलोजिस्ट, एक भू–वैज्ञानिक, एक aquatic biologist र स्थानीय प्रतिनिधि रहन सक्नेछन् । यी विशेषज्ञहरूले २-३ महिनामा sediment, पानीको रंग, किनार कटान, bed-level, र भूआर्द्रताको baseline सम्बन्धी डेटा संकलन गर्छन् । यो Phase को उद्देश्य केवल ‘रोक्ने’ होइन खोलालाई थप बिग्रन नदी ने हो ।

नदी–सम्पत्ति संरक्षणलाई आर्थिक आधार दिन Environmental Bond System लागू गर्नुपर्छ, हाइड्रो वा extraction गर्ने निकायले पहिले नै क्षतिपूर्ति–कोषमा रकम राख्ने व्यवस्था गर्नुपर्दछ । अनि समुदायलाई वैकल्पिक रोजगारीको व्यवस्थापन गर्नका लागि agroforestry, eco-tourism, controlled fishery को मार्ग खोल्नुपर्छ । जब मानिसलाई प्राकृतिक स्रोत नष्ट नगरी बाँच्ने बाटो दिन सकिन्छ, तब खोला पनि बच्छ र बस्ती पनि बच्छ । यो Phase को उद्देश्य नदीलाई पुनः स्वस्थ बनाउनु, बस्तीलाई सुरक्षित बनाउनु, र प्राकृतिक स्रोतलाई दीर्घकालीन रूपमा टिकाइराख्नु हो ।

अन्यथा , जैविक जीवन प्रायः हराउँछ । निरन्तर लेदो, कटान र बहाव कमीका कारण १० वर्षपछि ताराखोलामा माछा, भ्याकुर, झिँगा, कीरा–फट्यांग्रा भेटिनु दुर्लभ हुन्छ । खोलाले आफ्नो ‘ecosystem’ को ८०–९० प्रतिशत गुमाउन सक्छ । मुहान, इनार र झरना सुक्दै जान्छन् । खोला नै recharge स्रोत भएकाले खोला कमजोर भयो भने गाउँको पानी प्रणाली नै संकटग्रस्त हुन्छ र दश वर्षपछि पानीकै खोजी मुख्य चुनौती बन्न सक्छ । अनि खोला ‘जीवित नदी’भन्दा पनि  ‘सुखी drainage channel’ को रूप देखिन थाल्छ ।

प्रमाणबिना कसैलाई दोष दिन मिल्दैन, तर ताराखोलामा अहिले देखिएको व्यवहार हेर्दा अवैध मिलोमतोको गन्ध छैन भनेर स्वीकार्ने अवस्था छैन । किनकि यहाँ भएका धेरै घटना ‘सामान्य संयोग’जस्ता लाग्दैनन् बरु ‘समन्वित फाइदा’जस्ता देखिन्छन् । सबैभन्दा पहिले, हाइड्रोपावरले E-flow छोडेन, दोस्रो उत्खनन् खुलेआम चलिरह्यो, तर अनुगमन भने लगभग शून्य । यदि दुवै क्षेत्र पूर्ण रूपमा अलग–अलग चलिरहेको भए, एकले गरेको गल्ती अर्कोलाई फाइदा पुर्‍याउने यस्तो ठ्याक्कै मेल कहिल्यै देखिँदैन ।

null

null

जलविद्युत् कम्पनीहरूको जवाफदेहिता के छ भन्दा पनि के हुनुपर्दछ भन्ने हो । सबैभन्दा पहिले न्यूनतम् बहाव (E-flow) सुनिश्चित गर्नु उनीहरूको पहिलो र अनिवार्य जिम्मेवारी हो । Environment Protection Act र Nepal Electricity Law दुवैले खोलामा कम्तीमा १० प्रतिशत बहाव छोड्नैपर्ने भनी स्पष्ट लेखेको छ । खोला सुक्दै छ भने यसको सिधा अर्थ यो जिम्मेवारी पूरा भएको छैन । 

कम्पनीले EIA (Environmental Impact Assessment) मा वाचा गरेका सबै उपायहरू लागू गर्नु उनकै कर्तव्य हो । EIA दस्तावेजमा: sediment नियन्त्रण, किनार संरक्षण, जैविक विविधता बचाउने उपाय र स्थानीय समन्वय जस्ता विषय अनिवार्य रूपमा राखिएका हुन्छन् । खोलाको अवस्था बिग्रँदै गएको छ भने यी उपायहरू पूर्ण रूपमा लागू नभएको संकेत हो ।

स्थानीयहरूले ‘यो हाम्रो लाइफ–लाइन हो’ भनेर वर्षौंदेखि भने पनि सरकारी निकायले त्यति गहिरोसँग नसुनिनुको कारण केवल एकै तहको समस्या होइन । यो त धेरै तहका कमजोरी मिलेर बनेको जटिल परिस्थिति हो । पहिलो, स्थानीयको आवाज छरपस्ट रूपमा उठ्यो, तर तथ्य, अध्ययन र एउटै मागसहितको संगठित दबाब सरकारी ढोकामा समयमै पुग्न सकेन; आवाज थियो तर संरचित रूपमा प्रस्तुत हुन सकेन ।

यदि राज्य र कम्पनीले दायित्व नलिए भने स्थानीय समुदायसँग अहिले पनि धेरै बलिया विकल्प छन् । सबैभन्दा पहिले: Environmental Protection Act र Water Resources Act ले नागरिकलाई ‘पानी, प्रकृति र वातावरण’ जोगाउने अधिकार दिएको छ । यस आधारमा समुदायले सरकारी निकायमा औपचारिक उजुरी, E-flow नछाडेमा कानूनी रिट, र ‘environmental harm’ मा अदालतमार्फत क्षतिपूर्ति दाबी गर्नसक्छ ।

[ताराखोला-दरमखोला संरक्षण अभियानको तर्फबाट]

salt training

कमेन्ट गर्नुहोस्