
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’मा पुग्न महत्त्वपूर्ण छ ।
चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा अघि बढ्न सहज हुनेछ । कर्णालीका लागि पनि प्लेअफमा पुग्न यो खेल जित्नैपर्ने हुन्छ ।
यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो ।