२५ असार २०८३, बिहीबार

विराट कोहलीले १५ वर्षपछि विजय हजारे ट्रफी खेल्ने

मंसिर १७, २०८२
काठमाडौं
विराट कोहलीले १५ वर्षपछि विजय हजारे ट्रफी खेल्ने

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले १५ वर्षपछि विजय हजारे ट्रफी खेल्ने भएका छन् । डिसेम्बर २४ मा शुरू हुने विजय हजारे ट्रफीमा आफ्नो उपलब्धता हुने उनले पुष्टि गरेका हुन् । 

समाचार एजेन्सी पीटीआईका अनुसार, यो जानकारी दिल्ली र जिल्ला क्रिकेट संघ (डीडीसीए)का अध्यक्ष रोहन जेटलीले प्रदान गरेका हुन् ।

कोहली अब अन्तर्राष्ट्रिय क्रिकेटमा केवल एक ढाँचा (एकदिवसीय) खेल्छन् । उनी हाल दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय शृङ्खलामा व्यस्त छन् ।

पीटीआईका अनुसार, कोहली १५ वर्षपछि विजय हजारे ट्रफीमा फर्कने तयारीमा छन् । उनले अन्तिमपटक फेब्रुअरी २०१० मा यो प्रतियोगिता खेलेका थिए ।

३७ वर्षीय कोहलीले रांचीमा दक्षिण अफ्रिका विरुद्धको शृङ्खलाको पहिलो खेलमा आफ्नो ५२ औं एकदिवसीय शतक बनाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्