२४ जेठ २०८३, आइतबार

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आईफोन १७ जित्ने मौका

मंसिर १७, २०८२
काठमाडौं
ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आईफोन १७ जित्ने मौका

ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तीमा ३ पटक फोनपे नेटवर्कमार्फत् रकमान्तर गर्दा आईफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकलाई आईफोन १७ प्रदान गर्नेछ । 

साथै, यस योजनाअनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेवापत हरेक दिन (योजना अवधिभर) सामसङ इएरबड जित्ने समेत अवसर रहेको छ । 

यो योजना यही मंसिर १५ देखि पुस २५ गतेसम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ । 

बैंकले बैंक अफ द इयर २०१४, वेष्ट इन्टरनेट बैंक २०१६, वेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेष्ट बैंक ईएसजी नेपाल २०२४, वेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । 

ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम बुथ, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत् ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।  

बैंकले रेमिट्यान्स सेवामार्फत् नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । 

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्