
इलाममा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामी रहेका छन् ।
उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । राजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।