२० असार २०८३, शनिबार

मोदीले दिए पुटिनलाई गीता उपहार

मंसिर १९, २०८२
काठमाडौं
मोदीले दिए पुटिनलाई गीता उपहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् । 

दुईदिने भारत भ्रमणमा नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् । मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।’

रूसका राष्ट्रपति पुटिन बिहीबार दुई दिवसीय भारत यात्राका क्रममा नयाँ दिल्ली पुगेका थिए । विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्