
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रूपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रूपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रूपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रूपैयाँ २९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रूपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रूपैयाँ ९१ पैसा र बिक्रीदर १११ रूपैयाँ ३७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ३२ पैसा र बिक्रीदर २० रूपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ २९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५१ पैसा र बिक्रीदर चार रूपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ १२ पैसा र बिक्रीदर ३९ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रूपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७५ पैसा र बिक्रीदर नौ रूपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ २६ पैसा र बिक्रीदर १५ रूपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ४१ पैसा र बिक्रीदर २२ रूपैयाँ ५० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८ रूपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रूपैयाँ १४ पैसा र बिक्रीदर ४७० रूपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रूपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रूपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रूपैयाँ ७५ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।