१२ असार २०८३, शुक्रबार

चार महिने छोराको हत्या आरोपमा असई पक्राउ

मंसिर २२, २०८२
काठमाडौं
चार महिने छोराको हत्या आरोपमा असई पक्राउ

आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

काठमाडौंको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, 'छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौं, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।'

असई कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्