१० असार २०८३, बुधबार

हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

मंसिर २२, २०८२
काठमाडौं
हत्यामा संलग्न रहेको आरोपमा सात जना पक्राउ

सुनसरीको रामधुनी नगरपालिका-२ बस्ने ४५ वर्षीय दिनेश कुमार चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामधुनी नगरपालिका-१ बस्ने ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ वर्षीय ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ वर्षीय ३७ वर्षीय गियास मन्सुरी, सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ बस्ने २८ वर्षीय अंकित साह र सोही नगरपालिका-९ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन् ।

रामधुनी नगरपालिका-२ कर्मनिया टोलस्थित सडकमा अपरिचित व्यक्तिहरूले गत असोज २५ गते बेलुकी गोली प्रहार गरी प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक दिनेशको हत्या गरेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूउपर जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्