
काठमाडौंको कुलेश्वरबाट ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ९ घर भइ हाल काठमाडौं महानगरपालिका- १४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।
सूचना अधिकारी भट्टराईका अनुसार कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठविरुद्ध हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।