०९ असार २०८३, मंगलबार

चिर्पटले हानेर बुवाको हत्या गरेको आरोपमा छोरी पक्राउ

मंसिर २३, २०८२
दैलेख
चिर्पटले हानेर बुवाको हत्या गरेको आरोपमा छोरी पक्राउ

दैलेखमा ६५ वर्षीय बुवा धनबहादुर रामजाली मगरको हत्या गरेको आरोपमा उनकै छोरी पक्राउ परेकी छिन् ।​

पक्राउ पर्नेमा नौमुले गाउँपालिका- ५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजाली मगर रहेकी प्रहरीले जनाएको छ । उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

तिर्सनाले काठको चिर्पट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त ​हुनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका धनबहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्