
सशस्त्र प्रहरीले सवारी दुर्घटना तत्कालै जानकारी पाउन पृथ्वी राजमार्गका दुई स्थानमा इलेक्ट्रोनिक डिभाइस जडान गरेको छ ।
चितवनको सिमलताल र धादिङको चरौँदीमा इलेक्ट्रोनिक डिभाइस जडान गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) मनीष थापाले जानकारी दिए ।
हलचोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी थापाले लुना जीपीएस कम्पनीको सहकार्यमा उक्त डिभाइस जडान गरिएको बताए ।
उनले भने, ‘इन्टरनेट अफ थिंक्स नामका इलेक्ट्रोनिक डिभाइसले जडान भएसँगै मोबाइल एप्समार्फत विपदमा तत्कालै उद्धारका लागि सहजताका लागि प्रभावकारी भएको छ ।’