![सहभागीहरूले भरिन थाल्यो सल्लाघारी, हेर्नुहोस् महाधिवेशन उद्घाटनस्थलका थरिथरि दृष्य [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/uml_mahadhibesan1_1_UCbj7O6ufq.jpg)
नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिन थालेको छ ।
उद्घाटन सत्र शुरू हुन केही समय बाँकी सहभागीहरूको भिडभाड बढेको हो ।
उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

गेटमा तैनाथ प्रहरीहरूले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् ।
एमालेको महाधिवेशनको उदघाटन समारोह भक्तपुर सल्लाघारीमा आज मध्याह्न १२ बजेपछि शुरू हुनेछ ।
त्यसअघि साँस्कृतिक कार्यक्रम भैरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू गाडी रिजर्भ गरेर आएका छन् ।












