२९ असार २०८३, सोमबार

‘ह्याट्रिक ब्वाई’ साहब आलम र रोहित पौडेल

मंसिर २७, २०८२
काठमाडौं
‘ह्याट्रिक ब्वाई’ साहब आलम र रोहित पौडेल

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दुई फरक टोलीका दुई जना बलरले ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन् ।

काठमाण्डू गोर्खाजका बलर साहब आलम र लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका हुन् ।

काठमाण्डू गोर्खाजका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा यो कमाल गरेका थिए । उनले अन्तिम ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

साहब आलमले २०औं ओभरको पहिलो बलमा ५४ रन बनाएर खेलिरहेका ऋषि धवनलाई मिलिन्द कुमारद्वारा क्याच गराएका थिए ।

त्यसलगत्तै अर्को बलमा उनले विपिन खत्रीलाई विकेट किपरबाट स्टम्पिङ गराएका थिए । सोही ओभरको तेस्रो बलमा उनले आकाश चन्दलाई मिलिन्द कुमारद्वारा क्याच गराएका थिए ।

यसैगरी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनल खेलमा ह्याट्रिक विकेट लिएका हुन् ।

रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराएका थिए ।

सोही ओभरको पाँचौं बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । उनले त्यसलगत्तै छैटौं बलमा पुनित मेहरालाई एलबीडब्लूको धरापमा पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्