२९ असार २०८३, सोमबार

नेपाल प्रिमियर लिग : २९ ब्याट्सम्यानले बनाए ३८ अर्धशतक

मंसिर २७, २०८२
काठमाडौं
नेपाल प्रिमियर लिग : २९ ब्याट्सम्यानले बनाए ३८ अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विभिन्न टोलीका २९ जना ब्याट्सम्यानले ३८ वटा अर्धशतक प्रहार गरेका छन् ।

दुईजना ब्याट्सम्यानले तीन–तीन र पाँच ब्याट्सम्यानले दुई–दुई अर्धशतक प्रहार गरेका छन् । चितवन राइनोजका रवि बोपराले तीनवटा अर्धशतक प्रहार गरे ।

पोखरा एभेन्जर्सका एडम रासिङ्टनले पनि तीनवटा अर्धशतक बनाए । कर्णाली याक्सका प्रियांक पन्चाल र पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले दुई–दुईवटा अर्धशत प्रहार गरे ।

यसैगरी, कर्णाली याक्समा मार्क वाट, जनकपुर बोल्ट्सका संजय कृष्णमुर्थी र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले पनि दुई–दुईवटा अर्धशतक बनाए ।

यसका अतिरिक्त, पोखरा एभेन्जर्सका ऋषि धवन, जनकपुर बोल्ट्सका वेन पार्नेल, पोखरा एभेन्जर्सका सुमित बर्मा र विराटनगर किङ्सका फाफ डु प्लेसिसले एक–एक अर्धशतक प्रहार गरे ।

पोखरा एभेन्जर्सका जेम्स निसम, जनकपुर बोल्ट्सका माज सदाकत, काठमाण्डू गोर्खाजका भीम सार्की, विराटनगर किङ्सका साम हिजलेटले पनि एक–एक अर्धशतक बनाए ।

सुदूरपश्चिम रोयल्सका जोस ब्राउन, सुदूरपश्चिम रोयल्सकै क्रिस लिन, विरानटर किङ्सका मार्टिन गप्टिल र चितवन राइनोजका अर्जुन साउदले पनि एक–एक अर्धशतक प्रहार गरे ।

जनकपुर बोल्ट्सका अनिल साह, सुदूरपश्चिम रोयल्सका इशान पाण्डे, चितवन राइनोजका डेभिड मलान र जनकपुर बोल्ट्सका आसिफ शेखले पनि एक–एक अर्धशतक बनाए ।

सुदूरपश्चिम रोयल्सका हरमित सिंह, काठमाण्डू गोर्खाजका बेन चार्ल्सवर्थ, काठमाण्डू गोर्खाजकै जोन सिम्पसनले पनि एक–एक अर्धशतक प्रहार गरे ।

यसैगरी, लुम्बिनी लायन्सका डी’आर्ची सर्ट, विराटनगर किङ्सका बसिर अहमद र विराटनगर किङ्सकै लोकेश बलमे पनि एक–एक अर्धशतक बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्