१३ असार २०८३, शनिबार

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

पुस २, २०८२
काठमाडौं
वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

स्याङजामा वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् ।

पुतलीबजार नगरपालिका-९ बस्ने ७० वर्षीया कृष्ण कुमारी गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाको २०५५ जेठ २५ गतेको फैसलाले उक्त मुद्दामा ९९ हजार १ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
 

कमेन्ट गर्नुहोस्