१० असार २०८३, बुधबार

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २, २०८२
काठमाडौं
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​​

गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार गाउँपालिका वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान निर्माणमा ठेकेदारले पूर्वगाउँपालिका अध्यक्षसँगको मिलेमतोमा कमसल सामग्री प्रयोग गरेको, प्राविधिक रूपमा उक्त ठाउँको डीपीआर नगरी निर्माण गरेको, काम सम्पन्न नगरी रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।​​

अनुसन्धानका क्रममा ​एउटै उपभोक्ता समितिसँग दोहोरो सम्झौता गरेको, उपभोक्ता समितिको खर्चको सार्वजनिक सुनुवाइ नगरेको, नगरेको कामलाई भएको भनी झुट्टा बिल भरपाईको आधारमा भुक्तानी लिए/दिएको पाएको आयोगले जनाएको छ ।

आयोगले भट्टसहित सबइन्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई पनि प्रतिवादी बनाएको छ ।

जनही १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ ​पैसा बिगो कायम ​गर्दै आयोगले कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।

यस्तो छ अभियोगपत्र : 

salt training

कमेन्ट गर्नुहोस्