०९ असार २०८३, मंगलबार

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

पुस २, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ भोटेबहाल बस्ने ४१ वर्षीय मनोहरलाल श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, 'जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं महानगरपलिका–१५ स्वयम्भूबाट पक्राउ गरिएको हो ।'

श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रवक्ता आचार्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्