२६ असार २०८३, शुक्रबार

ललितपुरदेखि भारतको अयोध्याय मन्दिरसम्म दौडँदै धावक रामसुन्दर

पुस ३, २०८२
काठमाडौं
ललितपुरदेखि भारतको अयोध्याय मन्दिरसम्म दौडँदै धावक रामसुन्दर

धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोधा मन्दिरसम्म दौडने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने जानकारी दिए ।

करिब चार सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दैछन् ।

गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्नेछन् । उनी त्यहीका  बासिन्दा हुन् ।

हनुमान मन्दिर पनि उनले निर्माण गरेका हुन् । हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न आफू दौडने लागेको जानकारी कार्कीले दिए ।

कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा तीनपटक, काठमाडौंदेखि बुटवल एक पटक, काठमाडौंदेखि सिन्धुली तीनपटक र काठमाडौंदेखि उत्तर प्रदेश एकपटक दौडेर पुगेका थिए ।

उनी काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिलिङसम्म पनि दौडिएका थिए । कार्कीका अनुसार उनी २०६४ सालमा एक सय एक दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला नै दौडेर पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्