०८ असार २०८३, सोमबार

कटुवा पेस्तोलसहित १ जना पक्राउ

पुस ४, २०८२
तनहुँ
कटुवा पेस्तोलसहित १ जना पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

प्रहरीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार थिए ।

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्