२५ असार २०८३, बिहीबार

जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोला किनारबाट बरामद

पुस ४, २०८२
विराटनगर
जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोला किनारबाट बरामद

झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित बुद्ध टोलबाट ठूलो परिमाणमा हातहतियार तथा गोली बरामद भएको छ । 

आज स्थानीयले रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा हतियार देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो ।

सो क्रममा खिया लागेको अवस्थामा तीन थान इन्सास राइफल र विभिन्न प्रकारका १६० थानभन्दा बढी गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अभिलेखअनुसार फेला परेका हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय दमकबाटै लुटेर लगेका थिए ।​

फेला परेका हतियार र गोली इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्