०८ असार २०८३, सोमबार

भक्तपुरमा साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ

पुस ७, २०८२
भक्तपुर
भक्तपुरमा साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ
फाइल फोटो

भक्तपुर आफूसँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका- ३ घर भएका २७ वर्षीय याखा राई भन्ने सञ्जीव राई छन् ।

भक्तपुर नगरपालिका- ३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पूर्ण ठकरीको हत्या गरेको अभियोगमा उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना सोही निर्माणाधीन घरमा ज्यामी काम गर्दै आएका थिए ।

सञ्जीवले कुटपिट गर्दा पूर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका- १ सल्लाघारीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्