०८ असार २०८३, सोमबार

दमकको हिरासतबाट भागेका थुनुवा साढे ३ महिनापछि पक्राउ

पुस ७, २०८२
विराटनगर
दमकको हिरासतबाट भागेका थुनुवा साढे ३ महिनापछि पक्राउ

इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका एक थुनुवालाई प्रहरीले साढे तीन महिनापछि नियन्त्रणमा लिएको छ ।

गत भदौ २३-२४ गते देशभर भएको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका सवारी ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय आङदावा शेर्पा छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज दमक नगरपालिका वडा नम्बर ६ स्थित बजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेकै बखत उनी भदौ २४ गते फरार भएका थिए ।

पक्राउ परेका शेर्पालाई अहिले इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइनुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्