२६ असार २०८३, शुक्रबार

डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ७, २०८२
काठमाडौं
डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ ।

तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ ।

वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपैयाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

यस्तो छ आयोगको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्