२७ असार २०८३, शनिबार

अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा भारतीय कामदार स्वदेशमै अलपत्र

पुस ७, २०८२
काठमाडौं
अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा भारतीय कामदार स्वदेशमै अलपत्र

अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौँ भारतीय व्यवसायीहरू अमेरिकाले श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका छन् ।

मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायतक धेरै शहरहरूका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासी पुनःतालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसककेका हुन् ।

“विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकहरूलाई सिधै सूचित गर्नेछौँ,“ नयाँदिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने । 

अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरहरूलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियमहरू लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो।

“विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर–आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ । डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच–न–बी भिसा आवेदकहरू र ‘एच–फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,” प्रवक्ताले भने । 

salt training

कमेन्ट गर्नुहोस्