
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अङ्कले बढेको छ ।
साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३.२७ अङ्कले बढेर २५८४.४९ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा ७६ लाख ६८ हजार ९१५ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक १३.८८ अङ्कले घटेर बन्द भएको थियो । यस दिन ३ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एसवाई प्यानल, गुराँस लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
यता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र प्योर इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा भने एसवाई प्यानल लिमिटेड ३० करोड ९८ लाख १७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
मङ्गलवार बजार पुँजीकरण ४३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।