२५ असार २०८३, बिहीबार

नेपाल प्रहरी अस्पतालका एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ८, २०८२
काठमाडौं
नेपाल प्रहरी अस्पतालका एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो । 

गिरीले पेस गरेको विहार स्कूल एक्जामिनेसन बोर्ड पटनाबाट एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगको दाबी छ ।

सोही शैक्षिक योग्यताको प्रयोग गरी उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको योग्यता प्राप्त गरेका थिए ।

ती शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी उनले मिति २०५२ पुस १६ मा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा शुरू नियुक्ति लिएका थिए ।

तिनै झुट्टा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी हालको प्रहरी वरिष्ठ उपरीक्षक पदमा समेत बढुवा लिएको साथै विभिन्न तालिम र सुविधा लिएको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ आयोगको विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्