३१ असार २०८३, बुधबार
प्रतिनिधिसभा विघटनविरुद्धको रिट

कांग्रेसका ५७ सहित ६० सांसदको पूरक निवेदनमा सुनुवाइ सकियो

पुस ९, २०८२
काठमाडौं
कांग्रेसका ५७ सहित ६० सांसदको पूरक निवेदनमा सुनुवाइ सकियो

संसद पुन:स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक स्वतन्त्र निवर्तमान सांसदले सर्वोच्च अदालतमा दिएको पूरक निवेदनमा सुनुवाइ सकिएको छ ।

निवेदकका तर्फबाट बुधबार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गरे । यसअघि नै कांग्रेसका ८ सांसदले रिट दायर गरिसकेका छन् । 

सरोकारवालाका रूपमा यी ६० सांसद पनि सरिक हुन चाहेको खातीले इजलासलाई जानकारी गराए ।

मंगलबार रिट पेश गरेपछि खातीले पूरक निवेदनमा लिखित जवाफको आदेश आवश्यक नपर्ने बताएका थिए ।

‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४७ (२) बमोजिम सरोकारवाला भएको भन्दै यसअघिको रिटमा समर्थन जनाउँदै विघटित प्रतिनिधिसभा पुनर्बहाली गरी पाऊँ भन्दै ६८ जना सरोकारवालाले  निवेदन पेस गर्नुभएको हो,’ खातीले लोकान्तरसँग भनेका थिए, ‘यसमा उहाँहरू सरोकारवाला भन्दै सरिक हुनुभएको हो । यसमा थप लिखित जवाफ पेस गर्न आदेश गरिरहनु पर्दैन ।’

उनका अनुसार नेपाली कांग्रेसका ५७, स्वतन्त्र निर्वाचित योगेन्द्र मण्डल, जनमत पार्टीकी गोमालाभ सापकोटा र जसपाकी हसिना खातुनसहित कुल ६० जना निवर्तमान सांसदहरूले पूरक निवेदन दर्ता गराएका हुन् ।

संसद् पुनःस्थापनाका लागि कांग्रेसले यसअघि नै दर्ता गरेको रिट निवेदनमा आफूहरू पनि सरोकारवाला रहेको भन्दै उनीहरूले निवेदन पेस गरेका हुन् ।

यसअघि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले निवेदन दिएका थिए ।

कांग्रेसले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरिसकेको छ । लिखित जवाफका लागि पुस १६ सम्म समय छ ।
 

salt training

कमेन्ट गर्नुहोस्