२३ जेठ २०८३, शनिबार

इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन टेलिकमले सीपीई र एपी उपलब्ध गराउने

पुस ९, २०८२
काठमाडौं
इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन टेलिकमले सीपीई र एपी उपलब्ध गराउने

नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ । 

यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ ।

नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई (CPE - Customer Premises Equipment) उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी (AP- Access Point) समेत उपलब्ध गराउने भएको हो । 

नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ । 

धेरै डिभाइस कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

ग्राहकका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । 

त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत  प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र  प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर्न सकिन्छ । 

त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेज सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्