०९ साउन २०८३, शनिबार

भारोत्तोलनको एन्टी डोपिङ अवेयरनेस

पुस ९, २०८२
काठमाडौं
भारोत्तोलनको एन्टी डोपिङ अवेयरनेस

नेपाल भारोत्तोलन संघको आयोजनामा एन्टी डोपिङ अवेअरनेस एन्ड रिहेबिलिटेसन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा खेलाडी, प्रशिक्षक र संघका पदाधिकारी गरी करिब ७० जनाको सहभागिता रहेको आयोजक नेपाल भारोत्तोलन संघका महासचिव विपेन्द्र महर्जनले जानकारी दिए ।

राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. असिम भण्डारीले सहभागीलाई एन्टी डोपिङको विविध पक्षबारे जानकारी गराएका थिए ।

एक दिने कार्यक्रमको राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधानले उद्‌घाटन गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्