२३ असार २०८३, मंगलबार

सेवा निवृत्त असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस ११, २०८२
काठमाडौं
सेवा निवृत्त असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) चक्रदेव भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठमाडौंको रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक भट्टविरुद्ध आयोगले शुक्रबार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरी जवानमा नियुक्ति लिई प्रहरी सहायक निरीक्षकसम्म पदोन्नति लिएको र हाल सेवा निवृत्त भई निवृत्ति भरणको समेत लाभ लिएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति : 

 

salt training

कमेन्ट गर्नुहोस्