
विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको शुरूआत गरेको हो ।
रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा स्मार्ट पेको तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि युरोपेली देशमा रहेका नेपालीहरूले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पेको सबै प्रतिनिधि कार्यलय, मोबाइल एप, अनलाइन सेवामार्फत MBL REMIT गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखा, शाखारहित बैकिङ्ग सेवा र ११ एक्स्टेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपालभरि सजिलै भुक्तानी लिन सक्नेछन् ।
साथै, स्मार्ट पे र MBL REMIT गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६५ वटा शाखा, शाखारहित बैंकिङ्ग सेवा ८८ र ११ एक्स्टेन्सन काउण्टर समेत गरी जम्मा २७४ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।