०७ असार २०८३, आइतबार

मन्त्री खरेलले गरे एनसेलको पोखरा डाटा सेन्टरको अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्‌घाटन

पुस १४, २०८२
काठमाडौं
मन्त्री खरेलले गरे एनसेलको पोखरा डाटा सेन्टरको अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्‌घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजनाको उद्‌घाटन गरेका छन् । 

अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजनाको उद्‌घाटन गरेका हुन् ।

यो क्षमता अभिवृद्धिसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरूलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।

त्यसैगरी, एनसेलको भोवाइफाइ भनेको यस्तो प्रविधि हो जसले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल र एसएमएस पठाउन सक्छन् ।

विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवनहरू वा दुर्गम ठाउँहरू जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ त्यस्ता ठाउँहरूमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ ।

null

मन्त्री खरेलले पोखराका विभिन्न कार्यलयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा संचालित डाटा सेन्टरको अवलोकन भ्रमण गरेका हुन् ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।

अवलोकन भ्रमणपश्चात मन्त्री खरेलले भने, 'डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको छ र डिजिटलाइजेसन ड्राइभका प्रमुख आधारभूत संरचनामध्ये एनसेलको पोखरा डाटा सेन्टर एक रहेको छ ।'

साथै उनले डाटा सेन्टरको सञ्चालन र व्यवस्थापनको प्रशंसा गरे ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२ मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए र नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रका एक प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको बताए । 'भोल्टेको क्षमता अभिवृद्धिपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरूलाई प्रदान गर्न सक्ने भएको छ,' उनले भने ।

श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कार्मचारीहरूले पोखरा डाटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डाटा सेन्टरको भूमिकालगायतका बारेमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्