०८ असार २०८३, सोमबार

कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ​

पुस १७, २०८२
काठमाडौं
कुमारी बैंकको एटीएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ​

कुमारी बैंकको एटीएम मशिन तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका ३ माल्टा घर भई ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।​

कुमारी बैंकको एटीएम मशिन तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ​चापागाउँ दोबाटोबाट पक्राउ गरेको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​

salt training

कमेन्ट गर्नुहोस्