
झापा र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका १ का सञ्जय लिम्बू र अर्जुनधारा ६ का लेखराज गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
त्यस्तै सुनसरीको धरान १८ बाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ट्रामाडोल र स्पास्मो गरी जम्मा ९०० पिससहित धरान १० का युवराज कार्कीलाई र धरान १३ बाट डाइजोपाम १८ एम्पुलसहित सोही स्थानका सानु सुनुवारलाई नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।