१० असार २०८३, बुधबार

बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई रिहा गर्न केकेआरलाई बीसीसीआईको आग्रह

पुस १९, २०८२
काठमाडौं
बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई रिहा गर्न केकेआरलाई बीसीसीआईको आग्रह

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्सलाई बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट रिहा गर्न आग्रह गरेको छ।

मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ को लागि ९ करोडभन्दा बढीमा किनेको थियो । बलिउड सुपरस्टार शाहरुख खान टोलीका मालिकहरूमध्ये एक हुन् ।

हालैका घटनाक्रमहरूलाई ध्यानमा राखेर यो निर्णय गरिउको बीसीसीआई सचिव देवजित सैकियाले समाचार एजेन्सी एएनआईलाई बताए । उनका अनुसार बोर्डले केकेआरलाई मुस्ताफिजुर रहमानको ठाउँमा अर्को खेलाडीलाई राख्न अनुमति दिनेछ।

पहिले, भारतका दक्षिणपन्थी संगठनहरू र केही भाजपा नेताहरूले मुस्ताफिजुर रहमानलाई केकेआर टोलीमा समावेश गरेकोमा शाहरुख खानसँग असन्तुष्टि व्यक्त गरेका थिए।

मुस्तफिजुर बंगलादेश क्रिकेट टोलीका एक स्टार खेलाडी हुन्। उनी बायाँ हाते फास्ट बलर हुन्। उनले १५ टेस्ट खेलमा ३१ विकेट लिएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ११६ खेलमा १७७ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको १५८ विकेट छ।

मुस्तफिजुर रहमानको आईपीएलमा पनि राम्रो रेकर्ड छ। २०१६ को सुरुमा, उनलाई सनराइजर्स हैदराबादले छनोट गरेको थियो, त्यसपछि इङ्गल्याण्डको घरेलु सीमित ओभरको क्रिकेटको लागि ससेक्ससँगको उनको सम्झौता स्वीकृत भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्