०७ असार २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

पुस २०, २०८२
काभ्रेपलाञ्चोक
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
फाइल फोटो

काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

धुलिखेल नगरपालिका- ५ खड्पुस्थित खानिखोला गाउँपालिका ६ बस्ने ७३ वर्षीय ​चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको अवस्थामा चेतनाथसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र १ बुक तास पनि बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्