०८ साउन २०८३, शुक्रबार

महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरीबीच भेटवार्ता

पुस २३, २०८२
काठमाडौं
महासंघका अध्यक्ष ढकाल र यूएई अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरीबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)को अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरी अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । 

उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी)जस्ता प्राथमिकताप्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिनेमा जोड दिए । 

null

साथै, उनले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान शुरू हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन विस्तारका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे । 

यूएईको अर्थ मन्त्रालयका अन्डर-सेक्रेटरी सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरप्रति यूएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताए । 

दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्