
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ ।
बुधबार नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर दुई हजार ६३५ दशमलव ९५ को विन्दुमा कायम भएको छ ।
बुधबार ३२३ कम्पनीको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ ।
आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।