०९ साउन २०८३, शनिबार

ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, सहयोग नगरे मादुरोको जस्तै कारबाही गर्ने चेतावनी

पुस २४, २०८२
काठमाडौं
ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, सहयोग नगरे मादुरोको जस्तै कारबाही गर्ने चेतावनी

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि ट्रम्पको निशाना भेनेजुएलाका गृहमन्त्री तथा सुरक्षा प्रमुख डियोसदादो काबेलोतर्फ केन्द्रित भएको छ । अमेरिकाले काबेलोलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर वासिङ्टनका सर्तहरू मान्न र देशमा शान्ति कायम राख्न भनेको छ । काबेलोले सहयोग नगरेमा मादुरोजस्तै कारबाही हुने चेतावनी दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

अमेरिकाले बिचौलियामार्फत काबेलोलाई विरोध गरेमा मादुरोजस्तै हालत हुनसक्ने सन्देश दिएको छ । मादुरोलाई हालै अमेरिकाले पक्राउ गरी न्युयोर्क लगेर मुद्दा चलाएको थियो । 

यद्यपि, अमेरिका अहिले काबेलोलाई तुरुन्त हटाउन चाहँदैन, किनकि त्यसो गर्दा सरकार समर्थकहरू सडकमा उत्रिन सक्छन् र अवस्था झनै बिग्रन सक्छ ।

काबेलो भेनेजुएलाको सत्ता संरचनामा एक शक्तिशाली व्यक्ति हुन् । उनी पूर्वराष्ट्रपति ह्युगो चाभेजका निकट सहयोगी र मादुरो शासनका बलियो अनुहारका रूपमा चिनिन्छन् । 

हाल गृहमन्त्रीका रूपमा आन्तरिक सुरक्षा, प्रहरी र गुप्तचर संस्थामाथि उनको बलियो नियन्त्रण छ । संयुक्त राष्ट्रसंघका रिपोर्टहरूमा उनका मातहतका संस्थाहरूले विपक्षीलाई दबाउन मानवताविरुद्ध अपराध गरेको आरोप लगाइएका छन् ।

अमेरिकी न्याय विभाग र ट्रेजरी विभागका अनुसार काबेलोमाथि लागूऔषध तस्करी र नार्को–आतंकवादको आरोप छ । मार्च २०२० मा अमेरिकी न्याय विभागले उनलाई विश्वकै ठूला ड्रग तस्करहरूको सूचीमा राखेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्