०५ असार २०८३, शुक्रबार

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

पुस २४, २०८२
काठमाडौं
१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्युठानमा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगर रहेका छन् ।

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

मगरले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्