
सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।
उनी यसअघि नेपाल एसबीआई बैंकको स्वतन्त्र सञ्चालक थिए ।