२१ असार २०८३, आइतबार

झापामा सात लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

असार २०, २०८३
झापा
झापामा सात लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन

झापामा सात लाख ६१ हजार ४३२ मेट्रिकटन खाद्यान्न उत्पादन भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौ गरी छ प्रकारका सात लाख ६१ हजार ४३२ दशमलव ७८ मेट्रिकटन खाद्यान्न भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । 

सो अवधिमा चैतेधान ८९ हजार ६५५.३ मेट्रिकटन, वर्खे धान तीन लाख ७७ हजार ५३४.३५ मेट्रिकटन, मकै दुई लाख ८३ हजार १८७.८८ मेट्रिकटन, कोदो ८६९.४७ मेट्रिकटन उत्पादन भएको छ ।

फापर तीन हजार ७५८.७ मेट्रिकटन, गहुँ छ हजार ४१९ मेट्रिकटन र जौ ८.१ एक मेट्रिकटन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिए । 

पछिल्लो तीन वर्षयता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा एक लाख ४३ हजार ८१५ हेक्टरमा वर्खे धान, चैतेधान, मकै, कोदो, फापर, गहुँ र जौखेती गरिएको थियो । जसमा यी छ प्रकारका खाद्यान्न आठ लाख ६३ हजार २३८.८ मेट्रिकटन उत्पादन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्