१६ असार २०८३, मंगलबार

माघे सङ्क्रान्तिमा प्रस्तुति दिन कलाकार श्याम राना मगरलगायत कलाकार बेल्जियम आउने

पुस २५, २०८२
काठमाडौं
माघे सङ्क्रान्तिमा प्रस्तुति दिन कलाकार श्याम राना मगरलगायत कलाकार बेल्जियम आउने

बेल्जियमको लुभेन शहरमा यही १७ जनवरीका दिन आयोजना हुने माघे सङ्क्रान्ति तथा विविध सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन कलाकार श्याम राना मगरसहित अन्य कलाकारहरू बेल्जियम आउने भएका छन्।

मगर संघ बेल्जियमको आयोजनामा हुने कार्यक्रममा कलाकार तृष्णा घर्ती मगर र शान्ति श्रीष मगरको विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममार्फत् मगर समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाइएको छ।

मगर संघ बेल्जियमकी अध्यक्ष कल्पना मगरले विदेशमा रहेका मगर समुदायबीच माघे सङ्क्रान्ति जस्ता मौलिक पर्व मनाउनु कला तथा संस्कृतिको जगेर्नाका निम्ति अत्यन्त आवश्यक रहेको बताइन् । उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् ।

यसै सन्दर्भमा मगर संघ बेल्जियमले युरोपामा क्रियाशील सम्पूर्ण सामाजिक संघ–संस्थाहरूलाई औपचारिक रूपमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरिएको जनाएको छ।

कार्यक्रम Don Bosco Centrum, Ortolanenstraat 6, 3010 Leuven मा दिउँसो  ४ बजे शुरू हुने छ। प्रवेश शुल्क १५ युरो (भोजनसहित) तोकिएको छ।

आयोजक संस्थाले बेल्जियममा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक पर्व सफल बनाउन आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्