२८ जेठ २०८३, बिहीबार

कविता : पृथ्वी जयन्ती

पुस २७, २०८२
काठमाडौं
कविता : पृथ्वी जयन्ती

१७७९ मा जन्मेर, युवाकालमै अति पराक्रमी रहेर ।

५२ वर्षको जीवनकालमा राष्ट्रनिर्माता बनेर ।

उनले भनेका, गरेका नीति, कर्म र विचार ।

अनन्तकालसम्म नेपाल र नेपालीको, अमूल्य धरोहर ।

मुलुकलाई, चारजात छत्तिसवर्णको  फूलबारी मानेर ।

एकीकरण सँगसँगै, देश विकास अभियान गरेर ।

गोर्खा छाडि काठमाडौंलाई, राजधानी चुनेर।

सबै नागरिकलाई समेटेर, प्रजाप्रेमी बनेर ।

घुस खान्या घुस दिन्या, शत्रुु मानेर ।

टुक्रा राज्यहरूलाई एकसाथ जोडी सिंगो देश बनाएर ।

प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्दै ।

एकीकरणसँगै जनताको जिविका नीति रच्दै ।

देश दुई ढुंगा बिचको तरुल, मान्दै लक्ष्यमा जुटे ।

महाअभियान राज्यबिस्तारको, बाइसे र चौबीसे ।

तीन सतकपछि पनि, पृथ्वीपथ अति सार्न्दभिक ।

मजबुत राष्ट्र आत्मनिर्भर नागरिक सदा  जागरूक ।

उनले दिएका सन्देश, सरल बुझिने सहज।

नागरिक बाँच्ने कला सीप, बुुझाउथ्ये बारबार।

सबै जातको फूलवारी हो उनले भनेका ।

त्यो बेलानै उनले सबैकुरा बुझेका ।

नौसालदेखि पृथ्वी जयन्ती मनाउँदै आएको ।

उनका कर्म र बचनले सबको मन छोएको ।

नगद खैंची राख्नु , उनको सन्देश सबैमा उतार्नु ।

खेतमा घर भए कुलो काटी खेत बनाई आवाद गर्नु ।

दिव्योपदेश आज पनि, त्यतिकै सार्थक ।

राष्ट्र निर्माण लक्ष्य राख्दै,प्रयास अथक ।

उत्तर दक्षिणका दुवै छमेकी उनले बुझेका ।

त्यो बेला नै चतुर भई राज्यसञ्चालन गरेका ।

जय पृथ्वी तिमी सदा, अमर अजर रहन्छौँ ।

मुलुकमा नेपालीभरमा, राष्ट्रनिर्माता कहलिन्छौँ ।

salt training

कमेन्ट गर्नुहोस्