
१७७९ मा जन्मेर, युवाकालमै अति पराक्रमी रहेर ।
५२ वर्षको जीवनकालमा राष्ट्रनिर्माता बनेर ।
उनले भनेका, गरेका नीति, कर्म र विचार ।
अनन्तकालसम्म नेपाल र नेपालीको, अमूल्य धरोहर ।
मुलुकलाई, चारजात छत्तिसवर्णको फूलबारी मानेर ।
एकीकरण सँगसँगै, देश विकास अभियान गरेर ।
गोर्खा छाडि काठमाडौंलाई, राजधानी चुनेर।
सबै नागरिकलाई समेटेर, प्रजाप्रेमी बनेर ।
घुस खान्या घुस दिन्या, शत्रुु मानेर ।
टुक्रा राज्यहरूलाई एकसाथ जोडी सिंगो देश बनाएर ।
प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्दै ।
एकीकरणसँगै जनताको जिविका नीति रच्दै ।
देश दुई ढुंगा बिचको तरुल, मान्दै लक्ष्यमा जुटे ।
महाअभियान राज्यबिस्तारको, बाइसे र चौबीसे ।
तीन सतकपछि पनि, पृथ्वीपथ अति सार्न्दभिक ।
मजबुत राष्ट्र आत्मनिर्भर नागरिक सदा जागरूक ।
उनले दिएका सन्देश, सरल बुझिने सहज।
नागरिक बाँच्ने कला सीप, बुुझाउथ्ये बारबार।
सबै जातको फूलवारी हो उनले भनेका ।
त्यो बेलानै उनले सबैकुरा बुझेका ।
नौसालदेखि पृथ्वी जयन्ती मनाउँदै आएको ।
उनका कर्म र बचनले सबको मन छोएको ।
नगद खैंची राख्नु , उनको सन्देश सबैमा उतार्नु ।
खेतमा घर भए कुलो काटी खेत बनाई आवाद गर्नु ।
दिव्योपदेश आज पनि, त्यतिकै सार्थक ।
राष्ट्र निर्माण लक्ष्य राख्दै,प्रयास अथक ।
उत्तर दक्षिणका दुवै छमेकी उनले बुझेका ।
त्यो बेला नै चतुर भई राज्यसञ्चालन गरेका ।
जय पृथ्वी तिमी सदा, अमर अजर रहन्छौँ ।
मुलुकमा नेपालीभरमा, राष्ट्रनिर्माता कहलिन्छौँ ।