![कांग्रेस विशेष महाधिवेशनअघि काठमाडौंका ६ स्थानमा छुट्टाछुट्टै र्याली [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Congress_Bishesh_Mahadhibesan_NPL_1_jI0YJSgbjr.jpg)
नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनअघि राजधानीका विभिन्न स्थानबाट र्याली शुरू भएको छ ।
आइतबार दिउँसो १ बजे भृकुटीमण्डपबाट शुरू हुने उद्घाटन समारोहअघि राजधानीका ६ स्थानबाट छुट्टा-छुट्टै र्याली शुरू भएको हो ।
सबैतिरबाट आएका जुलुस भृकुटीमण्डपमा प्रवेश गरेपछि औपचारिक रूपमा उद्घाटन समारोह शुरू हुनेछ ।
विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने क्रम शुरू भएको हो ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई पार्टी संस्थापनले लत्याएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन बोलाइएको हो ।








