०६ असार २०८३, शनिबार

म्याग्दी​मा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

पुस २८, २०८२
काठमाडौं
म्याग्दी​मा बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

म्याग्दीमा १२ वर्षीया बालिकालाई बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका २ साले बस्ने ५० वर्षीय फरम विक छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ 

फरमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्